birat ribon

टोटनह्यामको प्रशिक्षकमा २९ वर्षीय रियान मासोन

Neuro
टोटनह्यामको प्रशिक्षकमा २९ वर्षीय रियान मासोन

विराटनगर / इङ्ग्लिस क्लब टोटनह्याम हटस्परले प्रशिक्षकमा २९ वर्षीय रियान मासोनलाई नियुक्त गरेको छ । सोमबार मात्र जोसे मौरिन्होलाई बर्खास्त गरेको टोटनह्यामले मासोनलाई उनको स्थानमा नियुक्त गरेको हो ।

मङ्गलबार टोटनह्यामले मासोनलाई मौरिन्होको स्थानमा नियुक्त गरेको पुष्टि गरेको छ । सोमबार टोटनह्यामले १७ महिनामै प्रशिक्षक मौरिन्होलाई बर्खास्त गरेको हो ।

cura insider

पोर्चुगिज कोच मौरिन्हो १७ महिनाअघि मात्र टोटनह्यामको प्रशिक्षकमा नियुक्त भएका थिए । नोभेम्बर २०१९ मा टोटनह्यामले मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै मौरिन्होलाई प्रशिक्षक बनाएको थियो ।

टोनह्यामले छैटौँ स्थानमा रहँदै अघिल्लो सिजनको अन्त्य गरेको थियो । यस सिजन भने स्पर्स सातौँ स्थानमा छ । यस्तै, टोटनह्याम गत मार्चमा युरोपा लिगबाट बाहिरिएको थियो ।

अब, टोटनह्यामले आगामी २५ अप्रिलमा काराबाओ कपको फाइनल खेलमा म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

jackson ribon