birat ribon

विभिन्न विपदका घटनाबाट छ दिनमा छ जनाको मृत्यु, २५ जना घाइते

Neuro
विभिन्न विपदका घटनाबाट छ दिनमा छ जनाको मृत्यु, २५ जना घाइते

विराटनगर / विभिन्न विपदका घटनाबाट छ दिनमा छ जनाको मृत्यु भएको छ ।

वैशाख १ देखि ६ गतेसम्ममा देशका विभिन्न स्थानमा विपदका घटनामा परी छ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै २५ जना घाइते भएका छन् भने ९४ चौपायको मृत्यु भएको छ ।

cura insider

उक्त अवधिमा ७२ वटा आगलागीका घटना घटेका छन् । जसबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आगलागीमा परेर ८२ चौपायको मृत्यु भएको छ भने ३४ करोड २९ लाख तीन हजार तीन सय क्षति भएको प्राधिकरणले जनाएको छ ।

यस्तै छ दिनमा २६ वटा चट्याङका घटना घटेका छन् । जसबाट चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । चट्याङबाट १२ चौपायको मृत्यु भएको छ भने ७४ लाख ७५ हजार क्षति भएको प्राधिकरणले जनाएको छ ।

यस्तै सोही अवधिमा जनावर आक्रमणबाट एक जनाको ज्यान गएको छ । यस्तै हावाहुरीका कारण दुई जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

jackson ribon