birat ribon

जापानले पत्ता लगायो पाँच मिनेटमा कोभिड–१९ को परीक्षण गर्ने प्रविधि

Neuro
जापानले पत्ता लगायो पाँच मिनेटमा कोभिड–१९ को परीक्षण गर्ने प्रविधि

विराटनगर / जापानले पाँच मिनेटमा कोभिड–१९ को परीक्षण गर्ने प्रविधि पत्ता लगाएको छ ।

जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोका अनुसन्धानकर्ताले पाँच मिनेटमा कोभिड–१९ को सङ्क्रमण भए/नभएको पत्ता लगाउने प्रविधि पत्ता लगाएको हो । नयाँ विधिमा माइक्रो टेस्ट च्याम्बरको रूपमा काम गर्ने विशेष ग्लास प्लेटमा भाइरसको नमूना राखिन्छ । प्रत्येक माइक्रो टेस्ट च्याम्बरमा एक प्रकारको रसायन हुन्छ । कोरोना भाइरसको आरएनए भएमा उक्त च्याम्बरले प्रकाश उत्पादन गर्छ ।

cura insider

जापानमा कोभिड–१९ को परीक्षण गर्न पीसीआर टेस्ट नै प्रयोगमा छ । कोभिड–१९ को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घण्टा वा सोभन्दा बढी समय लाग्ने गर्छ । नयाँ विधि पीसीआर टेस्टभन्दा निकै फरक छ र यसले निकै कम मात्राको नमुनामा पनि पाँच मिनेटभित्रैमा भाइरस भए/नभएको पत्ता लगाउन सक्छ ।

रिकेन इन्स्टिच्युटका वैज्ञानिक रिकिया वातानावेले यो प्रविधिबाट परीक्षण गर्न कुनै पनि जटिल प्रक्रिया नभएको बताएकी छिन् । नयाँ विधिको सहयोगले कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै नतिजा पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने विज्ञहरूले जनाएका छन् ।

jackson ribon