birat ribon

सार्वजनिक चर्चामा समेत छैन प्रदेश १ को नाम

दुई–तिहाइ हुँदासमेत जुरेन साइत

Neuro
सार्वजनिक चर्चामा समेत छैन प्रदेश १ को नामदुई–तिहाइ हुँदासमेत जुरेन साइत

विराटनगर / प्रदेश सरकार गठन भएको दुई वर्षपछि स्थायी राजधानीबारे टुङ्गो लाएको प्रदेश १ ले अझैसम्म नाम पाउन सकेको छैन् । सरकार गठन भएको तीन वर्ष पूरा भए पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति हुन नसक्दा प्रदेश १ नामका सवालमा अनिर्णित रहेको हो ।

सात प्रदेशमध्ये पाँचवटा प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागिसकेको छ । प्रदेश २ ले पहिलो प्रयास असफल भए पनि प्रदेशसभाको जारी हिउँदे अधिवेशनकबाट नाम र स्थायी राजधानी टुङ्ग्याउने कसरत गरिरहेको छ । तर २०७६ वैशाख २६ गते स्थायी राजधानीको टुङ्गो लाएको प्रदेश १ को नाम के हुन्छ ? अहिलेसम्म केही टुङ्गो छैन ।

cura insider

यसअघि प्रदेश ३ ले वाग्मती, प्रदेश ४ ले गण्डकी, प्रदेश ५ ले लुम्बिनी, प्रदेश ६ ले कर्णाली र प्रदेश ७ ले सुदूरपश्चिम नाम राखिसकेका छन् । प्रदेश २ को नाम माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मधेस राख्नुपर्ने प्रस्ताव गरेका छन् । तर प्रदेश १ मा भने नाम राख्नेबारे सार्वजनिक चर्चासमेत छैन ।

प्रदेश सरकारले पाएको दुई–तिहाइ विश्वासको मत पनि गुमेका कारण अब राजनीतिक सहमति नजुटेसम्म प्रदेशले नाम पाउने सम्भावना छैन् । र मुख्यमन्त्री शेरधन राईको कार्यकाल प्रदेशको नामबिनै कट्ने सम्भावना पनि छ ।

२०७५ चैत २५ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामको विषय टुङ्ग्याएपछि मात्रै विवाह गर्ने बताएका थिए । तर गत माघ १० गते मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिदा प्रदेशले स्थायी राजधानीमात्रै पाएको थियो । नामको सन्दर्भ अझै अन्योलमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको राजनीतिक तरलता, अस्थिरता र नेकपा विभाजनको प्रभावका कारण प्रदेशले नाम पाउने सम्भावना पर धकेलिएको छ ।

प्रदेश सरकारले पाएको दुई–तिहाइ विश्वासको मत पनि गुमेका कारण अब राजनीतिक सहमति नजुटेसम्म प्रदेशले नाम पाउने सम्भावना छैन् । र मुख्यमन्त्री शेरधन राईको कार्यकाल प्रदेशको नामबिनै कट्ने सम्भावना पनि छ ।

‘नाम मुख्यमन्त्रीले तोक्ने हो र, यो त प्रदेशसभाले तोक्ने हो,’ केही दिनअघि मुख्यमन्त्री राईले कोसी अनलाइनसँग भनेका थिए, ‘राजधानीको टुङ्गो लगाउँदै गर्दा नाम पछि टुङ्ग्याउने सहमति भएको थियो ।’

यता, बजेट अधिवेशनपछि नामको विषय टुङ्गो लगाउने प्रदेश सरकारको तयारी छ । बजेट अधिवेशनपछि नामको विषयमा छलफल अघि बढाउने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की बताउँछन् ।

सातौँ हिउँदे अधिवेशन अन्त्य हुनभन्दा केहि दिन अघि मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक राखेका थिए । सो बैठकमा नामको विषयमा समेत छलफल भएको कार्कीले बताए । ‘बजेट अधिवेशनपछि नामको विषय टुङ्गो लगाउँछौँ,’ उनले भने, ‘सर्वदलीय बैठकमा प्रदेशको नामको विषयले प्रवेश भएको छ ।’

सहमतिका आधारमा नामको मुद्दा टुङ्गो लगाउन प्रदेश सरकारले सबै क्षेत्रसँग परामर्श गर्ने कानुन मन्त्री कार्कीले बताए । कोसी, सगरमाथा, कोसी किरात प्रदेश १ को नामका लागि चर्चामा आएका शब्द हुन् ।

jackson ribon