birat ribon

तत्काल चिकित्सकीय हेरचाह आवश्यक हुने कोभिडका केही लक्षण

Neuro
तत्काल चिकित्सकीय हेरचाह आवश्यक हुने कोभिडका केही लक्षण

विराटनगर / कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै सङ्क्रमितहरूले विभिन्न र धेरै प्रकारका लक्षण अनुभव गरिरहेका छन् ।

सङ्क्रमितमा देखिएको वा देखिन सक्ने लक्षणको सूची बढ्ने क्रम जारी नै छ । सुरुदेखि नै रिपोर्ट गरिएको ज्वरो, सुक्खा खोकी, घाँटीको दुखाइ, नाक बन्द हुने वा सिँगान बग्ने, थकान, जोर्नी तथा शरीरको दुखाइ, स्वाद र गन्धको भावना हराउनु कोभिडका केही मुख्य लक्षण हुन् । यी सामान्य लक्षण भएमा मानिस डाक्टरको परामर्श लिएर घरमा सेल्फ आइसोलेनमा बस्न सक्छन् ।

cura insider

कुनै पनि अवस्थित लक्षण बिग्रँदा डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ । कोभिडको लक्षण हल्कादेखि गम्भीर हुन सक्छन् वा निकै कम समयमा यसले अवस्थालाई गम्भीर बनाउन सक्ने हुन्छ । पहिलादेखि रोग भएका व्यक्तिमा मात्र नभई स्वस्थ मानिसमा पनि सङ्क्रमणको अवस्था गम्भीर हुनसक्छ । सङ्क्रमणको अवस्था गम्भीर हुन नदिनका लागि बिरामीले लक्षणलाई निरन्तर अनुगमन गरिरहनुपर्ने हुन्छ ।

तर, कोभिडका केही लक्षण देखिएमा तत्काल अस्पताल भर्ना गर्नुपर्ने स्थिति आउन सक्छ । छातीमा दुखाइ तथा सास फेर्न समस्या हुन थालेमा सङ्क्रमणको अवस्था बिग्रिँदै गएको बुझिने हुँदा यसलाई बेवास्ता नगरी तत्काल चिकित्सकलाई सम्पर्क गर्नुपर्ने हुन्छ । अक्सिजनको लेभल घट्नु पनि तत्काल चिकित्सा सेवा चाहिने सङ्केत हुनसक्छ ।

अक्सिजनको मात्रा घट्दा सास फेर्न गाह्रो हुने वा ओठको रङ नीलो हुने हुन्छ तर, कहिले काहीँ बिरामीले थाहा नपाई एक्कासी शरीरमा अक्सिजको लेभल घट्न सक्छ । यसले बिरामीको ज्यानलाई जोखिममा पुर्‍याउन सक्छ । अक्सिजन लेभललाई घरमा निगरानी गर्नका लागि पल्स अक्सिमिटरको प्रयोग गर्न सकिन्छ ।

साथै, सङ्क्रमणले मस्तिष्क र स्नायुमा पनि असर पुर्‍याउने हुँदा व्यवहारमा परिवर्तन आउँदा, भ्रम भएमा, निद्रा लागिरहेको महसुस भइरहेमा, बोल्न समस्या भएमा, पहिला गरिरहेको सामान्य काम गर्न नसकेमा पनि तत्काल चिकित्सकीय हेरचाह आवश्यक हुन्छ ।

jackson ribon