birat ribon

नेदरल्यान्डसलाई नेपालले दियो २०७ रनको लक्ष्य

Neuro
नेदरल्यान्डसलाई नेपालले दियो २०७ रनको लक्ष्य

विराटनगर / काठमाडौँमा जारी त्रिकोणात्मक टि-२० सिरिज अन्तरगत नेपालले आफ्नो तेस्रो खेलमा नेदरल्यान्डसका लागि २०७ रनको को लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी २० ओभरको खेलमा नेपालले नेदरल्यान्डसविरुद्ध ६ विकेट गुमाएर २०६ रन जोडेको थियो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकसहित सर्वाधिक ६२ रनको योगदान दिए ।

दीपेन्द्रसिंह ऐरीले अर्धशतकसहित ६० रन जोडे । कुशलले ४१ औं बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । भुर्तेलले लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् । मलेसियाविरुद्धको खेलमा कुशलले २६ बलमा ५० रन जोडेका थिए । नेदरल्यान्डसविरुद्धको डेब्यू खेलमा पनि ३० बलमा अर्धशतक बनाएका थिए ।

cura insider

मङ्गबारको खेलमा ओपनर आसिफ सेखले भने रन जोड्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल २०, कौशल मल्ल १८ र करन केसीले १ रन जोडे । विनोद भण्डारीले नटआउट ७ र सोमपाल कामीले नटआट २१ रन जोडे । नेदरल्यान्डसले केही समयपछि ब्याटिङ गर्नेछ ।

नेपालले टि-२० इन्टरनेसनलमा दोस्रो पटक दुई सयभन्दा माथिको योगफल बनाएको हो । यसअघि नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि कप्तान पिटर सिलारले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए । आर्यन दत्त र बास डी लिडले १–१ विकेट लिएका थिए ।

jackson ribon