birat ribon

सङ्क्रमणबाट निको भइसकेकालाई पुनः सङ्क्रमित बनाइने

Neuro
सङ्क्रमणबाट निको भइसकेकालाई पुनः सङ्क्रमित बनाइने

विराटनगर / पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण भई निको भइसकेका स्वस्थ युवालाई पुनः भाइरसबाट सङ्क्रमित बनाई अध्ययन गरिने भएको छ ।

भाइरसबाट पुनः सङ्क्रमण भएका मानिसको प्रतिरक्षा प्रणालीले दोस्रो पटक कसरी भाइरसप्रति प्रतिक्रिया जनाउँछ भनेर हेर्नका लागि अध्ययन गरिने भएको हो । यही महिनाबाट गरिने ट्रायलका लागि निको भइसकेका स्वस्थ युवाहरूलाई स्वयमसेवा गर्न आग्रह गरिएको छ । अध्ययनको मुख्य उद्देश्य सङ्क्रमणविरुद्ध प्रभावकारी उपचार र खोप विकास गर्नु हो ।

cura insider

१८ वर्षदेखि ३० वर्ष उमेर भएका ६४ जना व्यक्तिलाई १७ दिनसम्म अस्पताल सुइटमा क्वारेन्टिन युनिटमा बिताउने छन् । जसका लागि उनीहरूको फोक्सोको स्क्यानसहित विभिन्न परीक्षण हुनेछन् । सुरक्षित र नियन्त्रित वातावरणमा ती व्यक्तिहरूलाई चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसबाट पुनः सङ्क्रमित गराइने छ ।

मेडिकल टोलीले उनीहरूको स्वास्थ्यको अनुगमन गरिरहने छन् । अध्ययनको पहिलो चरणमा भाइरसले शरीरमा प्रतिलिपि बनाए पनि लक्षण विकास नगर्ने तरिकाले भाइरसको निकै कम मात्राबाट युवालाई सङ्क्रमित गराइने छ । अध्ययनको दोस्रो चरणमा भाइरसको मात्रा बढाइने छ । लक्षणहरू विकास गर्ने स्वयमसेवकहरूलाई सङ्क्रमण प्रतिरोध गर्न एन्टिबडी उपचार दिइनेछ ।

उनीहरू सङ्क्रामक नभएपछि मात्र डिस्चार्ज हुनेछन् । अक्सफोर्ड विश्वविद्यालयका मुख्य अन्वेषक प्रोफेसर हेलेन म्याकसेनका अनुसार कोरोना भाइरसको सङ्क्रमण भई निको भइसकेका भाइरसबाट पुनः सङ्क्रमित भएका मानिसको प्रतिरक्षा प्रणालीले दोस्रो पटक कसरी भाइरसप्रति प्रतिक्रिया जनाउँछ भनेर थाहा पाउन सकिन्छ ।

यस अध्ययनले भाइरसका बारेमा थप बुझ्नुका साथसाथै कुनै व्यक्ति सुरक्षित छ वा छैन भनेर सही अनुमान लगाउनका लागि परीक्षण डिजाइन गर्न मद्दत पुर्‍याउने उनको भनाइ छ ।

jackson ribon