birat ribon

मोरङमा बाटो खन्न गएको स्काभेटरमाथि आगजनी र तोडफोड

Neuro
मोरङमा बाटो खन्न गएको स्काभेटरमाथि आगजनी र तोडफोड

विराटनगर / मोरङको पथरीमा बाटो खन्न गएको स्काभेटरमाथि स्थानीयले आगजनी गरेका छन् । पथरीशनिश्चरे–५ मा नक्साको बाटो खोल्ने क्रममा स्थानीय पदमदेवी उप्रेती र बेनिसा चौलागाई सासु–बुहारीले आगजनी र तोडफोड गरेका हुन् ।

नक्सामा रहेको बाटो उप्रेती परिवारले भोगचलन गर्दै आएका थिए । स्थानीय महाराजथान समितिले बाटो खोल्ने भएपछि विवाद सुरु भएको थियो ।

cura insider

उप्रेती परिवारले बाटो नछोड्ने बताएपछि वडाको रोहवरमा बाटो खोल्ने निर्णय भएको थियो । निर्णयअनुसार वैशाख ४ गते बाटो खोल्न पुगेको स्काभेटरमाथि सासु–बुहारीले आगजनी गर्दै तोडफोड गरेका थिए । तर आगजनी गर्नेलाई प्रहरीले कारवाही नगरेको स्थानीयले बताएका छन् ।

शनिबार बाटो खन्ने क्रममा आगजनी र तोडफोड हुँदा दुई लाख २० हजार बराबरको क्षति भएको स्काभेटर सञ्चालक सञ्जय साहले बताए ।

इलाका प्रहरी कार्यालयका पथरीका प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले आगजनी गर्न खोज्दा प्रहरीले जोगाएको बताए ।

jackson ribon