birat ribon

दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

Neuro
दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

विराटनगर । काठमाडौँमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तरगत नेपालकाे तेस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी नेदरल्यान्डस विरुद्धको खेलमा उनले अर्धशतक प्रहार गरेका हुन् । ऐरीले २८ औं बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे । ३० बल खेलेका ऐरी ६० रनमा आउट भए ।

cura insider

सोही खेलमा कुशल भुर्तेलले पनि अर्धशतकसहित ६२ बनाएका थिए । कुशलले ४१ औं बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । भुर्तेलले लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

मलेसिया विरुद्धको खेलमा कुशलले २६ बलमा ५० रन जोडेका थिए । नेदरल्यान्डसविरुद्धको डेब्यू खेलमा पनि ३० बलमा अर्धशतक पूरा गरेका थिए ।

jackson ribon