birat ribon

त्रिकोणात्मक टी–२० सिरिज : कुशलको लगातार तेस्रो अर्धशतक

Neuro
त्रिकोणात्मक टी–२० सिरिज : कुशलको लगातार तेस्रो अर्धशतक

विराटनगर । काठमाडौँमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालका ओपनर कुशल भुर्तेलले लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी नेदरल्यान्डस विरुद्धको दोस्रो खेलमा पनि अर्धशतक प्रहार गरेका हुन् । उनले ४१ बलमा अर्धशतक पुरा गरे । नेदरल्यान्डस विरूद्ध ४८ बल खेलेका भुर्तेलले ६२ रन जाेड ।

cura insider

यस अघि मलेसिया विरुद्धको खेलमा कुशलले अर्धशतक बनाएका थिए । मलेसिया माथि जित निकाल्दा उत्कृष्ट प्रदर्शन गरेका कुशलले २६ बलमा ५० रन जोडेका थिए ।

उनले नेदरल्यान्डसविरुद्धको डेब्यू खेलमा पनि ३० बलमा अर्धशतक पूरा गरेका थिए ।

jackson ribon