birat ribon

महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक सङ्क्रमितको मृत्यु

Neuro
महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक सङ्क्रमितको मृत्यु

विराटनगर / भारतको महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।

भारतमा अन्य ठाउँको तुलनामा महाराष्ट्रमा यतिबेला कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको हुँदा त्यहाँ प्रत्येक तीन मिनेटमा एक जना व्यक्तिको सङ्क्रमणको कारण मृत्यु भइरहेको हो ।

cura insider

आइतबार महाराष्ट्रमा कोरोनाका कारण पाँच सय तीन जनाको मृत्यु भएको छ । योसँगै महाराष्ट्रमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६० हजार चार सय ७३ पुगेको छ ।

त्यस्तै महाराष्ट्रमा प्रत्येक घण्टा दुई हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परिरहेका छन् । तथ्याङ्कअनुसार हरेक घण्टा दुई हजार आठ सय ५९ जना सङ्क्रमित भइरहेका छन् ।

आइतबार महाराष्ट्रमा ६८ हजार छ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । महाराष्ट्रमा थपिएका नयाँ सङ्क्रमितको यो सङ्ख्या गत हालसम्मकै उच्च रहेको छ ।

हालसम्म महाराष्ट्रमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ३८ लाख ३९ हजार तीन सय ३८ मामिला देखा परेका छन् ।

jackson ribon