birat ribon

चलचित्र पत्रकारिता कार्यशाला सुरु

Neuro
चलचित्र पत्रकारिता कार्यशाला सुरु

विराटनगर / चलचित्र पत्रकार सङ्घ सुनसरीले चलचित्र पत्रकारिता कार्यशाला गरेको छ ।

तीन दिनसम्म चल्ने कार्यशालामा प्रदेश १ का विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब २५ जना पत्रकारको सहभागिता छ ।

cura insider

प्रदेश १ मा पहिलो पटक आयोजित उक्त कार्यशाला उद्घाटन गर्दै सङ्घका अध्यक्ष विनोद विश्वकर्माले चलचित्र पत्रकारिताको नियम र लेखनशैली नबुझी चलचित्र पत्रकारिता गर्न गाह्रो पर्ने भएकाले कार्यशालाले सघाउने विश्वास व्यक्त गरे ।

भेडेटार भिलेज रिसोर्टमा आयोजित कार्यशालाको सहजीकरण निर्देशक तथा समीक्षक दीपेन्द्र लामा, चलचित्र पत्रकार समीर बलामी र निर्देशक तथा पत्रकार भीषण राईले गर्दै छन् ।

कार्यक्रममा चलचित्र पत्रकार सङ्घका महासचिव समीर बलामीले तीन दिने कार्यशालाले पत्रकारहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कार्यशालाको पहिलो दिन पत्रकारिताको इतिहास सुनाए ।

पत्रकारिता यस्तो पेशा हो जहाँ नाम र सम्मान उत्तिकै हुने गरेको छ तर रङ पत्रकारितालाई कुनामा राख्ने गरेकोप्रति असन्तुष्टि पोखेका चलचित्र निर्देशक तथा पत्रकार भीषण राईले चलचित्र पत्रकारिता अन्य पत्रकारिताभन्दा अगाडि आउने गरी काम गर्न सुझाए । कार्यशालाको पहिलो दिन सहजकर्ता राईले चलचित्रका तत्वहरुबारे प्रष्ट पारेका थिए ।

चलचित्र पत्रकारितामा रुचि राख्नेका लागि कार्यशाला लाभदायक हुने विश्वास चलचित्र पत्रकार सङ्घको रहेको छ ।

jackson ribon