birat ribon

बाँदरको हातमा नरिवल र जुवाडेको हातमा लोकतन्त्र !

Neuro
बाँदरको हातमा नरिवल र जुवाडेको हातमा लोकतन्त्र !

कन्टिर–बाबू नेपालको पछिल्लो राजनीति हेरेर क्षुब्ध र चकित परिरहेका छन् । संसदीय व्यवस्थाका सम्पूर्ण मूल्य–मान्यतालाई तिलाञ्जलि दिइएर व्यवस्थाप्रति नै जनमानसमा वितृष्णा उत्पन्न गर्न खोजिएको छ । कन्टिर–बाबू यी सबै यत्नलाई प्रकारान्तरले सुनियोजित ठानिरहेका छन् ।

अरे यार, कहीँ नभएको जात्रा नेपालमा हुनेगर्छ । संसदीय शासन व्यवस्था अँगालिएका अन्य देशमा मन्त्री बन्न सांसद सदस्य हुनु आवश्यक छ तर यहाँ उल्टो बनाउन खोजिँदै छ । सांसद पद त्याग्न तयार हुनुस्, मन्त्री बन्नुस ! यसमा व्यक्तिगत रूपमा कन्टिर–बाबूको बधाई नै छ किनकि भीरबाट लड्न चाहने भेडोलाई हा–हा भन्न सकिन्छ, खुट्टो समाउन सकिँदैन !

cura insider

राजनीतिका नाममा भइरहेका अनपेक्षित रमिता हेरेर विस्मित कन्टिर–बाबू लोकतन्त्रको च्याम्पियन हुँ भन्नेहरूलाई लोकतन्त्रको रक्षार्थ गुहार्ने मात्र हुन् ।

अरे, आफूलाई विश्वकै घघडान कम्युनिस्ट नेता ठान्ने हाम्रा ओल्बाले त्यही चलन चलाए त के गर्नु ? त्यसो त ओल्बाको सोच ठीकै पनि हो, आफू कम्युनिस्ट पनि भएको देखाउन चाहनेले पूर्णतः सर्लक्क लोकतन्त्रलाई स्वीकार गर्न सक्दैन ।

ओल्बाको देखासिकी कर्णाली र लुम्बिनी प्रदेशमा पनि गरिएको छ । सुरुमा ओल्बाले सांसद पद गुमाउन तयार हुने पाँच जनालाई मन्त्री पदमा पुनःनियुक्ति गरे । कर्णालीका महेन्द्र शाही पनि के कम ? फ्लोर–क्रस गरेका तीन जनालाई तत्काल मन्त्री बनाइदिए ।

प्रतिस्पर्धाको यो दौडमा लुम्बिनी पनि के कम ? आफूलाई ओल्बा दर्शनको व्याख्याता ठान्ने शङ्कर महोदयले उदाहरणको अर्काे झन्डा गाडे । आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर धस्काएकाहरूलाई निमेषमै मन्त्री बनाई दिए र धर्मनाथ महोदयले तिनलाई छिनमै शपथ पनि खुवाइदिए ।

बाँदरको हातमा नरिवल र जुवाडेको हातमा लोकतन्त्र परेपछि हुने नै यही हो । सके फुटायो खायो, अन्यथा दाउ हेर्‍यो, च्याँखे थाप्यो, झ्याली गर्‍यो र रमायो ।

उता, प्रदेश १ को हाल पनि कम छैन । ओल्बापछि शक्तिशाली ठानिएका धनशेरजीले पनि माओवादी केन्द्रले कारबाही गरेर सांसदबाट बेदखली गरेका आङ्बोहाङजीलाई तत्काल ६ महिने मन्त्री बनाएर संसदीय व्यवस्थामा उपलब्ध सुविधाको सुविधाको दुरुपयोग गरिहाले ।

राजनीतिक व्यवहार तरल भएको यो बेला विकृतिको आहालमा रमाउन खोज्ने कति हुन् कति ! यस्तो पृष्ठभूमिमा कन्टिर–बाबू केशव दाहाल–बाबूको विचारसँग सहमत छन् । केशव–बाबूले ट्विटरमा पोस्टिएका छन्– जब देउवा दाज्यै अविश्वासको प्रस्ताव ल्याउन तयार हुँदै थिए, बाले संसदको अधिवेशन नै अन्त्य गर्ने सिफारिस गरिदिए ।

केशव–बाबू थप्छन्– बाँदरको हातमा नरिवल र जुवाडेको हातमा लोकतन्त्र परेपछि हुने नै यही हो । सके फुटायो खायो, अन्यथा दाउ हेर्‍यो, च्याँखे थाप्यो, झ्याली गर्‍यो र रमायो ।

कन्टिर–बाबू राजनीतिका नाममा भइरहेका अनपेक्षित रमिता हेरेर विस्मित छन् । तर आफैँले गर्न सक्ने केही होइनन् । खाली लोकतन्त्रको च्याम्पियन हुँ भन्नेहरूलाई लोकतन्त्रको रक्षार्थ गुहार्ने मात्र हुन् ।

jackson ribon