birat ribon

ब्ल्याक हेड्स हटाउने तीन सजिलो घरेलु तरिका

Neuro
ब्ल्याक हेड्स हटाउने तीन सजिलो घरेलु तरिका

विराटनगर / अहिलेको समयमा ब्ल्याक हेड्सको समस्याले अधिकांशलाई सताइरहेको छ ।

नाकको टुप्पो तथा नाकको छेउछाउ गालामा देखिने कालो ससाना कोठीजस्ता देखिने थोप्लालाई ब्ल्याक हेड्स भनिन्छ । ब्ल्याक हेड्स किशोरअवस्थामा नै देखिन थाल्छ र उमेर बढेसँगै बढ्दै जान्छ । यसलाई आँखाले मज्जाले देख्न सकिन्छ । ब्ल्याक हेड्सलाई हातले निचोर्ने गरिन्छ । तर, यसरी हातले निचोर्दा नङको दाग बस्ने हुँदा अनुहारको सौन्दर्यमा ह्रास आउँछ ।

cura insider

ब्ल्याक हेड्सले अनुहारलाई फोहोर देखाउने हुनाले धेरैले ब्ल्याक हेड्स हटाउन बजारमा पाइने सौन्दर्य सामग्री प्रयोग गरिरहेका हुन्छन् । तर, बजारमा पाइने केमिकलयुक्त विधिभन्दा पनि घरमै भएको केही सामग्रीको प्रयोग गरी प्राकृतिक बिधि अपनाएर सजिलै ब्ल्याक हेड्स हटाउन सकिन्छ ।

ग्रिन टी : ग्रिन टी पिउनाले स्वास्थ्यदेखि सुन्दरतामा फाइदा पु¥याउन सक्छ । तर, यसलाई अनुहारमा प्रयोग गर्दा यसमा भएको एन्टिअक्सिडेन्ट गुणले फोहोर तथा ब्ल्याक हेड्सलाई हटाउन सक्छ । यसका लागि एक चम्चा ग्रिन टीको पातलाई पानीमा मिसाएर बाक्लो पेस्ट बनाउनुपर्छ । यसलाई ब्ल्याक हेड्स भएको ठाउँमा लगाएर १५ देखि २० मिनेटसम्म राखेपछि मनतातो पानीले पखाल्नु पर्ने हुन्छ ।

टमाटर : टमाटरले ब्ल्याक हेड्स हटाउन मात्र नभई अनुहारमा चमक ल्याउन पनि मद्दत गर्छ । ब्ल्याक हेड्स हटाउनका लागि ब्ल्याक हेड्स भएको ठाउँमा टमाटरको रस लगाएर रातभरि राख्न सकिन्छ । बिहान उठ्दा यसलाई पानीले पखाल्नु पर्छ । टमाटरमा हुने एन्टिब्याक्टेरियल र एसिडिक गुणले अनुहारको पोर्सबाट फोहोर हटाएर चमक ल्याउन मद्दत गर्छ ।

दालचिनीको पाउडर : यसको घरेलु तरिकाले ब्ल्याक हेड्स हटाउन मात्र नभई यसको रोकथाम पनि गर्ने हुन्छ । एक चम्चा दालचिनीको पाउडर, एक चम्चा कागती रसमा एक चिम्टी हर्दी मिसाएर पेस्ट बनाउनुपर्छ । अनुहारमा १० देखि १५ मिनेटका लागि उक्त पेस्ट लगाएपछि सामान्य पानीले यसलाई धुनुपर्छ । दालचिनीले रौँ छिद्रहरूलाई टाइट बनाउन र रक्तसञ्चारमा सुधार गर्न मद्दत गर्छ । त्यस्तै, कागतीको रसमा हुने एन्टिब्याक्टेरियल गुणहरूले ब्ल्याक हेड्स मात्र नभई एक्ने र व्हाइटहेड्सलाई पनि हटाउन मद्दत गर्छ ।

jackson ribon