birat ribon

तीन सय रुपैयाँ घट्याे सुनकाे मूल्य

Neuro
तीन सय रुपैयाँ घट्याे सुनकाे मूल्य

काठमाडाैँ / साेमबारकाे तुलनामा पहेँलाे धातु सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ ।

साेमबार प्रतिताेला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तीन सय रुपैयाँ घटेर ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

cura insider

यस्तै मंगलबार तेजाबी सुनकाे मूल्य पनि घटेकाे छ । मंगलबारका लागि तेजाबी सुनकाे मूल्य प्रतिताेला ९० हजार २ सय रुपैयाँ ताेकिएकाे छ ।

सुनकाे मूल्य केही घटे पनि आज चाँदीकाे मूल्य भने स्थिर छ । मंगलबार चाँदीकाे मूल्य प्रतिताेला एक हजार तीन सय रुपैयाँ ताेकिएकाे महासङ्घले जनाएकाे छ ।

jackson ribon