birat ribon

खोप लगाएका महिलाको महिनावारी चक्रमा परिवर्तन हुनसक्ने

Neuro
खोप लगाएका महिलाको महिनावारी चक्रमा परिवर्तन हुनसक्ने

विराटनगर / ज्वरो आउने, शरीर काप्ने, टाउको दुखाइ, थकान, र मांसपेशीको दुखाइ कोरोना भाइरसविरुद्धको खोप लिएकामा देखिने सामान्य साइड इफेक्ट हुन् ।

तर, केही महिलाले समयअगावै महिनावारी भएको, महिनावारी अनियमित भएको तथा महिनावारीको समयमा अत्यधिक रक्तश्राव भएको रिपोर्ट गरेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको (सिडिसी)को साइड इफेक्ट ट्रयाकिङ प्रणालीका अनुसार अनुसन्धानमा समावेश गरिएका ५६ हजार महिलामध्ये सोधिएका जवाफ फर्काएका ३२ जनामा महिनावारी अनियमितता भएको देखिएको छ ।

cura insider

हालसम्म खोप र महिनावारीको चक्रसँग सम्बन्धित कम अनुसन्धान भएका छन् । तर, विज्ञका अनुसार खोपले प्रतिरक्षा प्रणालीसँग प्रतिक्रिया गर्ने हुँदा यस्ता प्रतिक्रियाले महिनावारीमा परिवर्तन ल्याउन सक्छ । यसले सामान्य महिनावारीको समयमा भन्दा बढी रक्तश्राव हुने, महिनावारीको समय गडबड हुने वा समय नपुग्दै महिनावारी हुन सक्छ ।

दैनिक जीवनमा हुने थुप्रै साना परिवर्तनहरूले पनि महिनावारी चक्रमा अनियमिततमा आउन सक्छ । तनाव, व्यायाम, आहार, निद्रा र केही औषधिहरूले पनि महिनावारीको चक्रमा परिवर्तन ल्याउन सक्छन् । यी कारकहरूलाई ध्यानमा राख्दा, खोप लगाएपछि महिनावारीमा देखिएको परिवर्तनलाई असामान्य मान्न सकिँदैन ।

विज्ञका अनुसार महिनावरीको चक्रमा आएको परिवर्तन खोपमा उपस्थित न्यानो पार्टिकलको कारण हुन सक्छ । यी न्यानो पार्टिकल्सले केही महिलामा अस्थायी प्रतिरक्षा प्रतिक्रिया सिर्जना गर्छ जसकारण केही प्लेटलेट नष्ट हुने हुँदा ब्लड क्लटिङमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यी कोषहरू बारम्बार पुनः उत्पन्न हुने हुँदा यो चिन्ताको विषय नहुनसक्छ ।

खोप लगाएपछि महिनावारीको चक्रमा परिवर्तन देखिए पनि यसले प्रजनन क्षमतामा कुनै प्रभाव पार्दैन । महिनावारीमा अत्यधिक रक्तश्राव हुने, पेटको दुखाइ खोप लगाएपछि महिलामा देखिने सामान्य साइड इफेक्ट हुन् । तर, असह्य पीडा भएमा वा पाँच दिनभन्दा बढी समय रक्तश्राव भएमा डाक्टरसँग परामर्श लिनुपर्छ ।

jackson ribon