birat ribon

नयाँ भेरिएन्टबाट बच्चा सङ्क्रमित भए देखिनसक्ने केही लक्षण

Neuro
नयाँ भेरिएन्टबाट बच्चा सङ्क्रमित भए देखिनसक्ने केही लक्षण

विराटनगर / कोरोना भाइरस तीव्र गतिमा पुनः फैलिरहेको छ ।

यसपटक फैलिरहेका नयाँ भेरिएन्टले बच्चामा पनि सङ्क्रमण फैलाइरहेको छ । नयाँ भेरिएन्टको भाइरस आठ महिनादेखि १४ वर्ष उमेरका बालबालिकामा व्यापक रुपमा देखिन थालेको छ । बच्चाले आफूमा भएको लक्षण भन्न नसक्ने हुँदा सङ्क्रमण पहिचान नहुन सक्छ । बच्चामा सङ्क्रमण एकदम हल्का प्रकारका हुन्छन् तर, उनीहरूले अन्यलाई सजिलै सङ्क्रमण फैलाउन सक्छन् ।

cura insider

हार्वर्ड स्वास्थ्यद्वारा प्रकाशित एक रिपोर्टअनुसार बच्चामा सङ्क्रमणको लक्षण अन्यभन्दा फरक हुन सक्छन् । केही एसिम्प्टोमेटिक (बिना कुनै लक्षण) हुन सक्छन् भने कोहीले कम लक्षण विकास गर्न सक्छन् । कोरोना भाइरसको प्रमुख लक्षणमा ज्वरो, टाउको दुखाइ, खोकी र रुघा लाग्ने हुन्छ ।

सङ्क्रमण भएमा बच्चाहरू लगातार एक सय तीनदेखि एक सय चार डिग्री सेल्सियससम्मको ज्वरोबाट ग्रस्त हुन सक्छन् । यदि ज्वरो चारदेखि पाँच दिनसम्म जारी रहेमा यसलाई हल्का लिनु हुँदैन । यस्तो समयमा आमाबुबाले बच्चाको रक्तचापको स्तर र अक्सिजनको लेभल नाप्नु पर्छ । बच्चामा अक्सिजनको लेभल एकदम कम भएमा तत्काल डाक्टरको परामर्श लिनुपर्छ ।

कोभिडको प्रमुख र सामान्य सङ्केतबाहेक बच्चाले कहिलेकाहीँ वयस्कको भन्दा फरक लक्षण देखाउन सक्छन् । बच्चाहरूमा लक्षण हल्का प्रकार वा कम देखिन सक्छन् तर हालको समयमा समान्य देखिएको समस्यालाई पनि पहिचान गरी उपचार गर्नुपर्ने हुन्छ । गम्भीर र लामो समयसम्मको रुघाखोकीले बच्चाको फोक्सोलाई असर गर्न सक्छ जुन निमोनियाको सङ्केत हुनसक्छ ।

बच्चाहरूमा नाक बन्द हुने समस्या पनि शरीरमा भाइरसको उपस्थिति भएको सङ्केत गर्न सक्छ । रातो, फुटेको ओठ वा अनुहार र ओठमा नीलो दाग देखिनु, सानोसानो कुरामा रिसाउने, झर्किने, निद्रामा समस्या, भोक नलाग्नु पनि बच्चामा कोभिडको सङ्क्रमण हुँदा देखिने अन्य लक्षण हुन सक्छन् ।

jackson ribon