birat ribon

सिक्किममा पूर्व मुख्यमन्त्री चाम्लिङले गरे ‘टिलो’को विमोचन

Neuro
सिक्किममा पूर्व मुख्यमन्त्री चाम्लिङले गरे ‘टिलो’को विमोचन

विराटनगर / सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले कथाकार शङ्कर खरेलको कथासङ्ग्रह ‘टिलो’ को सिक्किममा विमोचन गरेका छन् ।

सिक्किमको नाम्जीका नेपाली भाषीमाझ ‘टिलो’ पूर्व मुख्यमन्त्री सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष पवन चाम्लिङले विमोचन गरेका हुन् ।

cura insider

पुस्तक विमोचनमा विराटनगरका मेयर भीम पराजुली, प्रहरी उपरीक्षक सन्तोष खड्का, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सुमित खड्का, सुमन गिरीलगायतले साथ दिएका थिए ।

न्यू सृष्टि दैनिकले प्रकाशित गरेको कथासङ्ग्रहमा २१ कथा छन् । एक सय ५४ पृष्ठको पुस्तकमा कथाकार खरेलले समसामयिक विषयका कथा लेखेका छन् । खरेलका यसअघि उपन्यास, कथा, कविता, बायोग्राफीसहित १६ कृति सार्वजनिक भइसकेका छन् ।

‘टिलो’ भनेको मान्छे मरेपछि शव अन्तिम संस्कारका लागि लग्दै गर्दा लाभा, अबिर, फूलसँगै सडकमा फ्यालिने मुद्रा हो । पुस्तकको आवरण चर्चित कलाकार विक्रमश्रिले तयार गरेका हुन् भने भाषा सम्पादन चूणामणि नेपाल अकिञ्चनले गरेका छन् ।

कथासङ्ग्रहमा समाजकै कथाव्यथालाई सहज रुपमा चित्रण गर्न खोजिएको छ र प्रस्तुति निकै रोचक रहेको समीक्षकहरूले बताएका छन् ।

कार्यक्रममा खरेलले नेपाली भाषीका लागि यो पुस्तकले धेरै खुराक दिने र आफूले फरक तरिकाले समाचार शैलीमा कथा लेखेको बताए । कार्यक्रममा सिक्किम प्रजातान्त्रिक मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री गर्जमान गुरुङले कथामा नेपाली भाषीको व्यथा पनि उल्लेख भएको बताए गरे ।

अध्यक्ष चाम्लिङले संसारमा रहेका नेपाली भाषी एक हुनुपर्ने आवश्यकता औल्याउँदै नेपालबाट नेपाली भाषी खोज्दै कथाकार खरेल सिक्किम आएर पुस्तक विमोचन गरेकोमा ज्यादै खुसी लागेको बताए ।

‘टिलो’ कथासङ्ग्रहको यो पहिलो विमोचन हो र दोस्रो विमोचन विराटनगरमा हुनेछ । तेस्रो विमोचन काठमाडौँमा हुनेछ ।

jackson ribon