birat ribon

आज चैते दसैँ मनाइदै

Neuro
आज चैते दसैँ मनाइदै

विराटनगर । आज चैते दसैँ पर्व मनाइदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने दसैँ पर्व आज घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइएको हो ।

वर्षमा चार नवरात्र पर्छन्। आसार र पुष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन ।

cura insider

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ। बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ।

चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ।

चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ । रासस

jackson ribon