birat ribon

सेतो मच्छेन्द्रनाथको रथयात्रा आज

Neuro
सेतो मच्छेन्द्रनाथको रथयात्रा आज

विराटनगर / वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा आज (मङ्गलबार) काठमाडौंमा सुरु हुँदै छ ।

कोरोना महामारीका बाबजुद दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । बेलुका ६ बजेबाट सुरु गरिने रथयात्रा पहिलो दिन करिब ७ बजे असनमा लगेर राखिने छ । असनमा राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।

cura insider

रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । ३२ हात लामो रथलाई असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गर्ने चलन छ । सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा हुने धार्मिक विश्वास छ ।

कोरोना महामारीका कारण जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गत वर्ष भने सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो ।

jackson ribon