birat ribon

मङ्गल ग्रहमा हेलिकप्टरको परीक्षण उडान सफल

Neuro
मङ्गल ग्रहमा हेलिकप्टरको परीक्षण उडान सफल

विराटनगर / मङ्गल ग्रहमा हेलिकप्टरको पहिलो परीक्षण उडान सफल भएको छ । पृथ्वीबाहेक अन्य ग्रहमा पहिलो पटक परीक्षण उडान भएको हो ।

यान इन्ज्युनिटी नाम दिएर बनाइएको हेलिकप्टर अमेरिकी अन्तरिक्ष संस्था नासाले मङ्गल ग्रहमा पठाएको हो । पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो। सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मङ्गल ग्रहमा ३० सेकेन्डको उडान गरेको बीबीसीले जनाएको छ।

cura insider

यो पृथ्वीबाट नियन्त्रण गरी अन्तरिक्षमा उडाइएको पहिलो एयरक्राफ्ट भएको नासाका अधिकारीहरुले दाबी गरेका छन्। मङ्गल ग्रहमा रहेको एक उपग्रहले पृथ्वीमा सन्देश पठाएरसँगै यसको पुष्टि भएको बीसीसीले उल्लेख गरेको छ ।

परीक्षण उडान सफल भएसँगै नासाले आगामी दिनमा थप उडानका लागि हौसला मिलेको जनाएको छ। नासाका वैज्ञानिकहरुले अझै बढी साहसिक उडानका लागि अनुसन्धान गर्ने तयारी थालेका छन् । हेलिकोप्टर गत फेब्रुअरीमा मङ्गल ग्रहमा लगिएको समाचारमा जनाइएको छ।

jackson ribon