birat ribon

आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

Neuro
आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

विराटनगर / नेपालमा बालबालिकालाई आज (मङ्गलबार) पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।

दुई दिने कार्यक्रम हिजोबाट सुरु गरिएको हो । छ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एकदेखि पाँच वर्षसम्मकालाई जुकाको औषधि खुवाउने कार्यक्रम जारी छ । सरकारले चालु आर्थिक वर्षको दोस्रो चरणमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सम्पन्न गर्न लागेको हो ।

cura insider

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सामाजिक दूरी कायम गरी प्रतिघण्टा १० जना बालबालिकामात्र उपस्थित हुने गरी खोप केन्द्रको व्यवस्थापन गरिएको दाबी गरेको छ ।

यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरु र केन्द्रमा बालबालिकाहरु लिएर आउने अभिभावकले अनिवार्य मास्क लगाउनुपर्ने, भिटामिन ए वितरण केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

jackson ribon