birat ribon

१८ वर्षमाथिका सबै भारतीयले कोरोनाविरुद्धको खोप पाउने

Neuro
१८ वर्षमाथिका सबै भारतीयले कोरोनाविरुद्धको खोप पाउने

विराटनगर / १८ वर्षमाथिका सबै भारतीय नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् ।

पछिल्लो समय कोरोना तीव्र रुपमा फैलिएपछि भारत सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने योजना अघि सारेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सोमबार बसेको बैठकले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्ने र आगामी मे १ बाट तेस्रो चरणको खोप कार्यक्रम प्रारम्भ गर्ने निर्णय लिएको छ ।

cura insider

त्यस्तै बैठकले १८ वर्षमाथिका सबै नागरिकलाई खोप उपलब्ध गराउने घोषणा गरेको छ । उनीहरुलाई तेस्रो चरणको अभियानमार्फत खोप दिइने छ । जनवरी १६ बाट खोप अभियान थालिएको भारतमा स्वास्थ्यकर्मी, अग्रपङ्तिमा खटिने कर्मचारीले कोरोनाविरुद्धको खोप लगाउन पाएका थिए । मार्च १ बाट ४५ वर्ष माथिकालाई खोप दिइएको थियो ।

भारतमा अहिले भारत बायोटेक र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको भ्याक्सिनलाई अनुमति दिइएको छ। केही दिनअघि भारतले रूसले बनाएको स्पुतनिक–भी लाई पनि आपतकालीन प्रयोग अनुमति दिएको छ।

jackson ribon