birat ribon

कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज आजबाट

Neuro
कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज आजबाट

विराटनगर / नेपालमा कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज आज (मङ्गलबार)बाट दिन थालिने भएको छ ।

पहिलो डोज खोप लगाएकालाई खोपको दोस्रो डोज दिइने भएको हो । दोस्रो डोजको खोप अभियान वैशाख ११ गतेसम्म चल्नेछ। खोप अभियानअन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ।

cura insider

जसमध्ये काठमाडौंमा १९, ललितपुरमा ११ र भक्तपुरमा पाँचवटा खोप केन्द्र छन् । प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले खोपको पहिलो डोज लगाएकाले केन्द्रमार्फत बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउन सक्ने जानकारी दिए । उनका अनुसार पहिलो खोप जुनै स्थानमा लगाएको भए पनि दोस्रो खोप आफूलाई पायकपर्ने केन्द्रबाट लगाउन सकिने छ।

jackson ribon