birat ribon

भारतको राजधानी नयाँ दिल्लीमा एक साताका लागि लकडाउन

Neuro
भारतको राजधानी नयाँ दिल्लीमा एक साताका लागि लकडाउन

विराटनगर / पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको भारतको राजधानी नयाँ दिल्लीमा एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनको घोषणा सोमबार गरेका हुन् । दिल्लीमा मात्रै सोमबार २३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको थियो । कोरोनाका कारण दुई सय ४० जनाभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कोरोनाको अवस्था निक्कै भयावह बनेर गएको छ । दैनिक थपिने कोरोनाका नयाँ बिरामी अन्य मुलुकका भन्दा धेरै छन् ।

cura insider

नयाँ दिल्लीमा लकडाउन घोषणा गरिएपछि आप्रवासी कामदारहरु घर फर्किन थालेका छन् । घर फर्किन चाहनेहरुले सामाजीक दूरी र स्वास्थ्य मापदण्डको पालना गरेको पाइएन । उनीहरुलाई कोरोनाको भन्दा पनि गन्तव्यतर्फ जाने चिन्ता धेरै थियो । गत वर्ष पनि लकडाउनपछि यसरी नै आप्रवासीहरू आ–आफ्ना घर फर्किएका थिए ।

भारतमा विभिन्न मुलुकसहित नेपालबाट पनि प्रवासीहरु कामका लागि जाने गरेका छन् । लकडाउनका कारण कैयौंको रोजगारी गुमेको छ ।

jackson ribon