birat ribon

भारतीयलाई बेलायत प्रवेशमा रोक, बेलायती प्रधानमन्त्रीको भ्रमण नै स्थगित

Neuro
भारतीयलाई बेलायत प्रवेशमा रोक, बेलायती प्रधानमन्त्रीको भ्रमण नै स्थगित

विराटनगर / भारतीय नागरिकलाई बेलायत प्रवेशमा रोक लगाइएको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएसँगै भारतीय नागरिकले बेलायत प्रवेश गर्न नपाउने भएका हुन् ।

भारतमा विश्वका अन्य मुलुकमा भन्दा दैनिक थपिने कोरोना सङ्क्रमितको सङ्ख्या उच्च छ । बेलायतले आफ्ना नागरिकलाई भने सहज रुपमा प्रवेश दिने भएको छ । भारतमा बस्दै आएका बेलायती नागरिकले स्वदेश फर्किएपछि १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बेलायतले लागू गरेको छ ।

cura insider

बेलायतका स्वास्थ्यमन्त्री मैट हैकाकले भारतबाट बेलायत प्रवेश गरेका मध्ये एक सय तीन जनामा कोरानाको नयाँ भेरिन्ट पुष्टि भएको बताए । उनले भारतमा कोरोना मत्थर नभएसम्म भारतीय नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिइने उल्लेख गरेका छन् ।

भारतबाट बेलायत भित्रिएका नागरिकहरुमा देखिएको कोरोनाको नयाँ भेरिएन्टबारे बेलायती वैज्ञानिकहरुले अनुसन्धान थालेका छन् । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको भारत भ्रमण कोरोनाका कारण स्थगित गरिएको छ । यसअघि नै उनको भारत भ्रमण तय भएको थियो । कोरोना महामारीका कारण प्रधानमन्त्रीको भ्रमण स्थगित गर्दै बेलायतले भारतीय नागरिकलाई आफ्नो मुलुक प्रवेश गर्न पूर्ण रुपमा रोक लगाएको हो ।

बेलायतमा हाल एक लाख २७ हजार दुई सय बढीको कोरोनाका कारण ज्यान गइसकेको छ । त्यहाँ ४३ लाख ९० हजार सात सयभन्दा बढीलाई कोरोना पुष्टि भइसकेको छ ।

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख ५६ हजार नौ सय ४७ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भयो । भारतमा थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भए पनि विश्वका अन्य मुलुकमा एकै दिन भेटिएका बिरामीभन्दा धेरै हो । हालसम्म भारतमा सङ्क्रमित सङ्ख्या एक करोड ५३ लाख १४ हजार सात सय १४ पुगेको छ ।

भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो । पछिल्लो २४ घण्टामा एक हजार सात सय ५७ सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या अन्य मुलुकमा ज्यान गुमाएका सङ्क्रमितको भन्दा बढी हो । हालसम्म भारतमा एक लाख ८० हजार पाँच सय ५० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

jackson ribon