birat ribon

विराटनगरबाट लागुऔषधसहित एक पक्राउ

Neuro
विराटनगरबाट लागुऔषधसहित एक पक्राउ

विराटनगर / विराटनगर महानगरपालिका–४ कञ्चनबारीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सनुसरीको धरान उपमहानगरपालिका–८ का ३२ वर्षीय दीपेन तामाङ रहेका छन् । पक्राउ परेका तामाङको साथबाट लागुऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल बरामद भएको जानकारी श्रेष्ठले दिए ।

cura insider

सोमबार दिउँसो पक्राउ परेका तामाङविरुद्ध प्रहरीले मङ्गलबार लागुऔषध ऐन अन्तर्गतको मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाउने भएको छ ।

jackson ribon