birat ribon

विश्वमा साढे छ लाखभन्दा बढी कोरोना सङ्क्रमित थपिए, नौ हजार सात सयभन्दा बढीको मृत्यु

Neuro
विश्वमा साढे छ लाखभन्दा बढी कोरोना सङ्क्रमित थपिए, नौ हजार सात सयभन्दा बढीको मृत्यु

विराटनगर / विश्वमा पछिल्लो २४ घण्टामा साढे छ लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।

एकै दिन नौ हजार सात सयभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । एकै दिन छ लाख ५४ हजार दुई सय २५ जना नयाँ बिरामी थपिएपछि विश्वमा सङ्क्रमित सङ्ख्या १४ करोड २६ लाख ८६ हजार दुई सय ५५ पुगेको छ । सङ्क्रमितमध्ये १२ करोड १३ लाख ९९ हजार पाँच सय २४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

cura insider

एक करोड ८२ लाख ४३ हजार आठ सय ९१ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख आठ हजार एक सय ३९ जनाको अवस्था चिन्ताजनक छ । २४ घण्टाभित्र विश्वमा नौ हजार सात सयभन्दा बढी सङ्क्रमितले ज्यान गुमाए । एकै दिन नौ हजार सात सय ६४ जनाको ज्यान गएसँगै विश्वमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३० लाख ४२ हजार आठ सय ४० पुगेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ५० हजार दुई सय ७२ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या तीन करोड २४ लाख ७१ हजार पाँच सय २९ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५० लाख ३९ हजार सात सय ४४ जना उपचारपछि निको भएका छन् ।

६८ लाख ५० हजार दुई सय ३४ जनाको उपचार भइरहेकोमा नौ हजार सात सय ९७ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा चार सय ७१ सङ्क्रमितले ज्यान गुमाए । अमेरिकामा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख ८१ हजार पाँच सय ५१ पुगेको छ ।

छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख ५६ हजार नौ सय ४७ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भयो । भारतमा थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भए पनि विश्वका अन्य मुलुकमा एकै दिन भेटिएका बिरामीभन्दा धेरै हो । हालसम्म भारतमा सङ्क्रमित सङ्ख्या एक करोड ५३ लाख १४ हजार सात सय १४ पुगेको छ । एक करोड ३१ लाख तीन हजार दुई सय २० जना सङ्क्रमित उपचारपछि निको भएका छन् ।

२० लाख ३० हजार नौ सय ४४ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको भारतमा पछिल्लो २४ घण्टामा एक हजार सात सय ५७ सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या अन्य मुलुकमा ज्यान गुमाएका सङ्क्रमितको भन्दा बढी हो । हालसम्म भारतमा एक लाख ८० हजार पाँच सय ५० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

ब्राजिलमा एकै दिन ३४ हजार छ सय ४२ जना नयाँ सङ्क्रमित थपिए । कोरोना तीव्र रुपमा फैलिइरहेको ब्राजिलमा केही दिनयता भने सङ्क्रमण घट्दो क्रममा रहेको छ । सङ्क्रमित सङ्ख्या एक करोड ३९ लाख ७७ हजार सात सय १३ पुगेको छ । कोरोना सङ्क्रमितमध्ये एक करोड २४ लाख ६० हजार सात सय १२ जना उपचारपछि निको भएका छन् ।

११ लाख ४१ हजार नौ सय ५२ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र एक हजार छ सय सात जनाको कोरोनाका कारण मृत्यु भयो । हालसम्म ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या तीन लाख ७५ हजार ४९ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon