birat ribon

त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्यान्ड्स भिड्दै

Neuro
त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ / काठमाडौँमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा आज घरेलु टोली नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ । जुन खेलमा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । सोमबार आफ्नो दोस्रो खेल खेलेको नेपालले मलेसियामाथि ९ विकेटको जित निकालेको थियो । त्यसअघि शनिबार भएको खेलमा नेपालले नेदरल्याड्सलाई पनि ९ विकेटले नै पराजित गरेको थियो ।

cura insider

यता, नेदरल्यान्ड्स भने दोस्रो जितको खोजीमा छ । आइतबार नेदरल्यान्ड्सले मलेसियामाथि १५ रनको जित निकालेको थियो ।

दर्शकलाई निषेध

त्रिकोणात्मक सिरिजको बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै सरकारको आदेशअनुसार दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको जनाएको छ ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै नेपालमा बढ्दो कोभिड–१९ को असर कम गर्न सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार त्रिकोणात्मक खेलका बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको जनाए ।

आजको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिहरू उपस्थित नहुन, दर्शकसहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेको थियो । सोही आदेशअनुसार क्यानले त्रिकोणात्म खेलका बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरेको सचिव प्याकुरेलले जनाएका छन् ।

jackson ribon