birat ribon

आइपिएल : राजस्थानलाई हराउँदै चेन्नई दोस्रो स्थानमा

Neuro
आइपिएल : राजस्थानलाई हराउँदै चेन्नई दोस्रो स्थानमा

विराटनगर / चेन्नई सुपर किङ्ग्स चौधौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४५ रनले हराउँदै चेन्नई दोस्रो स्थानमा उक्लिएको हो ।

मुम्बईस्थित वाङ्खेडे स्टेडियममा भएको खेलमा चेन्नईले दिएको एक सय ८९ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा एक सय ४३ रन मात्र बनाउन सक्यो ।

cura insider

राजस्थानका जोस बट्लर १ रनले अर्धशतक बनाउन चुके । उनले पाँच चौका र दुई छक्काको सहायतामा ४९ रन जोडे । यस्तै जयदेव उमाकान्तले २४ रन बनाउँदा राहुल टेबाटियाले २० रन जोडे । शिवम डुबेले १७ तथा मनन बोहराले १४ रन बनाए ।

Image

बलिङतर्फ मोइन अलीले सर्वाधिक तीन विकेट लिँदा रविन्द्र जडेजा र साम कुरानले समान दुई–दुई विकेट लिए ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन बनाउँदा अम्बाती रायडुले २७ रन जोडे ।
यस्तै, मोइन अलीले २६ रन बनाउँदा ड्वेन ब्राभो २० रनमा अविजित रहे । कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैनाले समान १८–१८ रन जोडे ।

राजस्थानका चेतन शाकरियाले तीन विकेट लिँदा क्रिस मोरिसको नाममा दुई विकेट रह्यो ।

जितसँगै चेन्नईले तीन खेलमा चार अङ्क जोड्यो । राजस्थानसँग भने दुई अङ्क छ । ऊ छैटौँ स्थानमा छ ।

jackson ribon