birat ribon

लिभरपुलसँग लिड्स युनाइटेडको बराबरी

Neuro
लिभरपुलसँग लिड्स युनाइटेडको बराबरी

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा लिड्स र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

लिड्सको मैदानमा लिभरपुलले सुरुआती अग्रता बनाएको थियो । खेलको ३१औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए ।

cura insider

तर खेल सकिन तीन मिनेट बाँकी रहेको अवस्थामा डिएगो लोरेन्टेले गोल गर्दै लिड्सलाई बराबरीमा फर्काए ।

यस बराबरीसँगै छैटौँ स्थानको लिभरपुलले ३२ खेलमा ५३ अङ्क जोडेको छ । लिड्स भने ४६ अङ्कका साथ दसौँ स्थानमा छ ।

jackson ribon