birat ribon

स्काउटद्वारा सामाजिक विकास मन्त्री राई दीक्षित

Neuro
स्काउटद्वारा सामाजिक विकास मन्त्री राई दीक्षित

विराटनगर / प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईलाई नेपाल स्काउट प्रदेश समितिले दीक्षित गरेको छ । सामाजिक विकास मन्त्रालयमा आयोजित दीक्षान्त समारोहमा मन्त्री राईलाई नेपाल स्काउट ऐनबमोजिम प्रदेश प्रमुख स्काउटका रूपमा दीक्षित गरेको हो ।

दीक्षित भएपछि राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवस्यक रहेको बताउँदै प्रत्येक बालबालिकालाई स्काउट शिक्षा आवस्यक रहेकोमा जोड दिइन् ।

cura insider

प्रदेशका विद्यालयमा स्काउट शिक्षा लागू गराउनका लागि आफू प्रतिबद्ध रहेको समेत उनले बताइन् । मन्त्री राईले भनिन्, ‘मानव जीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ ।’

jackson ribon