birat ribon

विराट मेडिकल कलेजमा पुस्तकालय स्थापना

Neuro
विराट मेडिकल कलेजमा पुस्तकालय स्थापना

विराटनगर / मोरङको बूढीगङ्गास्थित विराट मेडिकल कलेजमा ‘रेवन्त रुक्मणि पुस्तकालय’को उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमबीच काठमाडौँ विश्वविद्यालयका उप–कुलपति प्रा. डा. भोला थापाले उक्त पुस्तकालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै थापाले पुस्तकालय ज्ञानको भण्डार भएका कारण अन्य पुस्कालयभन्दा यो पुस्तकालय फरक किसिमको हुनुपर्ने बताए । विराट मेडिकल कलेजका अध्यक्ष ज्ञानेन्द्रमान सिंह कार्कीले आफ्ना माता–पिताको नाममा पुस्तकालय स्थापना गरेका हुन् ।

cura insider

कार्कीले यो पुस्तकालय अरूभन्दा फरक किसिमको बनाउने सोचका साथ स्थापना गरेको बताए । ई–लाइब्रेरीसहित सुविधा सम्पन्न पुस्तकालय केही वर्षपछि समुदायस्तरमा प्रयोग गर्न सकिने बताइएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

jackson ribon