birat ribon

विराटनगर उच्च अदालत लक्ष्यभन्दा बढी मुद्दा फैसलामा केन्द्रित

Neuro
विराटनगर उच्च अदालत लक्ष्यभन्दा बढी मुद्दा फैसलामा केन्द्रित

विराटनगर / विराटनगर उच्च अदालत लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्नेतर्फ केन्द्रित भइरहेको पाइएको छ । अदालतले चालु आर्थिक वर्षमा ६८ प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य लिएको थियो ।

अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले नौ महिनाको अवधिमा ५१ प्रतिशत फर्छ्यौट भइसकेको बताए । उनका अनुसार लक्ष्य पूरा गर्न अबको तीन महिनामा १७ प्रतिशत मुद्दाको फैसला हुनुपर्छ ।

cura insider

कोरोना सङ्कटले काम कारवाही प्रभावित बन्दा पनि ५१ प्रतिशत मुद्दा फैसला गर्न सफल भएको उच्च अदालत अब लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्नेतर्फ अघि बढेको हो । थपलियाले कोरोना महामारीमा सबै क्षेत्र ठप्प हुँदा पनि ५१ प्रतिशत मुद्दा फैसला हुनुलाई अदालतले उल्लेख्य प्रगति हासिल गरेका रूपमा लिनुपर्ने बताए ।

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा एक हजार सात सय ६३ मुद्दाको फैसला भइसकेको छ । उच्च अदालत विराटनगरमा चैत मसान्तसम्ममा तीन हजार चार सय ६९ मुद्दा दर्ता भएका थिए । जसमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका एक हजार छ सय ७० र चालुमा दर्ता भएका एक हजार सात सय ९९ मुद्दा छन् ।

जिम्मेवारी सरेर आएका र चालु आर्थिक वर्षमा दर्ता भएकासहित अब एक हजार सात सय छ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जानकारी रजिष्ट्रार थपलियाले दिए । उनका अनुसार जिम्मेवारी सरेर आएका सबै र नयाँ दर्ता भएका समेत गरेर ६८ प्रतिशत मुद्दा फैसला गर्ने लक्ष्य अदालतको छ ।

jackson ribon