birat ribon

वैशाख मसान्तसम्म भौतिक पठनपाठन बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

Neuro
वैशाख मसान्तसम्म भौतिक पठनपाठन बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ / सरकारले कोभिड १९ सङ्क्रमणको अत्यधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरूको भौतिक पठनपाठन वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहरी क्षेत्र र भारतीय सीमा जोडिएका शहरका शैक्षिक सस्था, विद्यालय, कलेजलगायतमा हुने भौतिक उपस्थितिसहितको पठन–पाठनमा रोक लगाएको हो ।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ अनुसार सरकारले जोखिमको सम्भावना उच्च रहेका क्षेत्र घोषणा गरी ती क्षेत्रका लागि विशेष व्यवस्थासहितको मापदण्ड जारी गरेको हो । मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड १९ संक्रमण रोकथाम, पहिचान तथा उपचारका लागि सरकारले जारी गरेको आदेशबारे जानकारी गराए ।

cura insider

कुन–कुन ठाउँका विद्यालयमा भौतिक पठनपाठन बन्द हुन्छ ?

सरकारले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाहरू, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौँडा ,बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज तथा धनगढी उपमहानगरपालिका, मेची नगर विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भिमदत्तनगर नगरपालिका भित्रका शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र वैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थिति नभई भर्चुअल रूपमा वा वैकल्पिक विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न भनिएको छ ।

विद्यालय र कलेजका पुर्वनिधारित परीक्षा, चिकित्सा शिक्षालगायतका सबै परीक्षाहरू जनस्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने भएको छ । सिनेमाहल, पार्टी प्यालेस, दोहोरी नाचघर, हेल्थक्लब, जीम खाना, स्विमिङपुल, फुटसल, आमसभा, जुलुश वा हाटबजार रङ्गशालामा हुने दर्शकसहितको खेदकुद र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रमहरू वैशाख मसान्तसम्म बन्द गर्न भनिएको छ ।

jackson ribon