birat ribon

प्रधानमन्त्री ओली भारतको शरणमा : देउवा

Neuro
प्रधानमन्त्री ओली भारतको शरणमा : देउवा

काठमाडौँ / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् । सोमबार नेपाल विद्यार्थी सङ्घको ५२औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतको शरणमा परेको आरोप लगाउँदै देउवाले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे ।

cura insider

कम्युनिस्टहरू अवसरवादी भएकोले अहिले नै काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताउँदै उनले आशा नभएपनि सम्भावना भएकोले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको पनि बताए ।

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताए । ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि उनले बताए । त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको बताए ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताए ।

jackson ribon