birat ribon

विराटनगरमा २४ सहित प्रदेशमा थपिए ५५ कोरोना सङ्क्रमित

Neuro
विराटनगरमा २४ सहित प्रदेशमा थपिए ५५ कोरोना सङ्क्रमित

विराटनगर । विराटनगरमा २४ सहित प्रदेश १ मा थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

cura insider

मोरङको विराटनगरमा १० महिला र १४ पुरुषसहित २४ जना, सुन्दरहरैचामा २, बुढीगङ्गा, बेलबारी र कटहरीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको विर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१ को रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरी, देवानगञ्ज र बराहक्षेत्रमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३१९ पुगेको छ ।

jackson ribon