birat ribon

प्रदेश १ मा प्रतिपक्षीको बढ्दो अविश्वास : माधव नेपाल पक्षले फ्लोर–क्रस गर्ने

Neuro
प्रदेश १ मा प्रतिपक्षीको बढ्दो अविश्वास : माधव नेपाल पक्षले फ्लोर–क्रस गर्ने

विराटनगर / प्रदेश १ का प्रतिपक्षी दलले पुनः अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । प्रदेश सरकारले संसदको गरिमा राख्न नसकेको बताउँदै नेपाली काङ्ग्रेससहित प्रतिपक्षी दलहरू अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा जुटेका हुन् ।

शुक्रबार कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, जनता समाजवादी र एमाले माधव नेपाल समूहको गठबन्धनले महेन्द्रबहादुर शाहीको सत्ता जोेगिएको थियो । प्रदेश १ मा त्यही गठबन्धनको शक्ति–प्रदर्शन गर्न अविश्वास प्रस्ताव ल्याउने लागिएको हो ।

cura insider

तीन दलको गठबन्धनले प्रस्ताव ल्याउन लागेको अविश्वास प्रस्तावमा एमाले माधव नेपाल समूहले सदनभित्र सहयोग गर्ने भित्री समझदारी बनेको छ । ‘सरकारले संसदको मर्यादा कायम राख्न सकेन, संसदको विश्वास गुमाउँदै गएको छ,’ नेकेपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘अविश्वासको प्रस्ताव आउन सक्छ ।’

मुख्यमन्त्रीले संसद् छले, सरकार सदनसँग डरायो । अब बजेट कसरी ल्याउने ?

गत माघ ७ बाट सुरु प्रदेश १ को हिउँदे अधिवेशन प्रदेश सरकारले आइतबार नै अन्त्य गरेको थियो । प्रतिपक्षी दलको अवरोध कायम रहेको अवस्थामा सत्तापक्षले अधिवेशन अन्त्य गरेपछि प्रतिपक्षी दलहरु असन्तुष्ट छन् । सरकार संसद् छलेर भागेका कारण पुनः अविश्वास प्रस्ताव दर्ताको तयारी भइरहेको नेताहरू बताउँछन् ।

‘मुख्यमन्त्रीले संसद् छले, सरकार सदनसँग डरायो,’ नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की भन्छन्, ‘अब बजेट कसरी ल्याउने ?’

यद्यपि नेपाली काङ्ग्रेसलाई जनताले पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने आदेश दिएको बताउँदै उनले सरकारले ससद् छल्दा अन्य विषयमा छलफल अघि बढ्नसक्ने बताए ।

माधव पक्षको ग्रिन सिग्नल

नेकपा विभाजनपछि तत्कालीन प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर सत्तापक्षले संसद् अवरुद्ध गरेपछि छलफल अघि बढ्न सकेन । सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि चैत २३ गते प्रस्ताव फिर्ता भएको थियो ।

यहाँ चाहिने सात–आठ मत हो, हामी फ्लोर–क्रस गर्न तयार छौँ । अविश्वासको प्रस्ताव पास गराउन हाम्रो सहयोग रहन्छ ।

पुनः अविश्वासको प्रस्तावको तयारीका लागि सरकारलाई दिएको समर्थन फिर्ता नलिएको माओवादी केन्द्रले जनाएको छ । यदि समर्थन फिर्ता लिए मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि एक वर्षसमम अविश्वास प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ ।

यति बेला एमालेको माधव नेपाल पक्षले ‘ग्रिन सिग्नल’ दिएपछि काङ्ग्रेस र माओवादी केन्द्र अविश्वासको प्रस्तावको तयारीमा जुटेका छन् । प्रदेशसभामा एमालेसँग ५१, काङ्ग्रेसको २१, माओवादी केन्द्रका १५, जसपाका तीन, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक सदस्य छन् । ९३ सदस्यीय प्रदेशसभा रहेको प्रदेश १ मा माओवादी केन्द्रले एक जना (टङ्क आङ्बोहाङ)लाई पदबाट हटाएको छ ।

प्रदेश १ मा एमाले एक्लैको स्पष्ट बहुमत छ । एमालेबाहेकका दल एक ठाउँमा उभिँदा ४१ जनामात्रै हुन्छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेश १ मा एमालेका ५१ सदस्यमध्ये माधव नेपाल समूहका १९ सांसद छन् ।

अविश्वासको प्रस्ताव पास गर्नका लागि आवश्यक सङ्ख्या पु¥याउन माधवकुमार नेपाल पक्षले सहयोग गर्ने जनाएको छ । ‘यहाँ चाहिने सात–आठ मत हो, हामी फ्लोर–क्रस गर्न तयार छौँ,’ नेकपा माधव समूहका एक सांसद्ले भने, ‘अविश्वासको प्रस्ताव पास गराउन हाम्रो सहयोग रहन्छ ।’

jackson ribon