birat ribon

नेता नेपालको टिप्पणी : ओलीमा हिटलर प्रवृत्ति छ

Neuro
नेता नेपालको टिप्पणी : ओलीमा हिटलर प्रवृत्ति छ

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् । सोमबार नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताए । यस्तै प्रधानमन्त्री बनाउन जसले भर्‍याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्‍याइदिएको पनि टिप्पणी गरे । यस्तै प्रधानमन्त्री ओलीले केही खास मान्छेहरूलाई किनेर भजनमण्डली बनाएको पनि उनले आरोप लगाए ।

cura insider

आफ्नो आदेशअनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताउँदै उनले भने, ‘हाम्रै देशमा कतिपयहरू छन् नजितुन्जेलसम्म ठूलाठूला कुरा गर्छन् जितेको भोलिपल्ट आफूलाई सम्राट ठान्ने गर्दछन् ।’

jackson ribon