birat ribon

सिटीलाई समस्या : टोटह्यामसँगको फाइनल खेलअघि डी ब्रुयन घाइते

Neuro
सिटीलाई समस्या : टोटह्यामसँगको फाइनल खेलअघि डी ब्रुयन घाइते

विराटनगर / इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयन घाइते भएका छन् । एफए कपको सेमिफाइनलअन्तर्गत चेल्सीसँगको खेलका क्रममा उनले चोट बोकेका हुन् ।

उक्त खेलमा चेल्सीका हाकिम जियचले निर्णायक गोल गरेपछि सिटी १–० गोलले पराजित हुँदै एफए कपबाट बाहिरिएको थियो । खेलका क्रममा डी ब्रुयनले चोट बोकेपछि उनलाई फिल फोडेनले स्थानान्तरण गरेका थिए ।

cura insider

उनले चोट बोकेसँगै डी ब्रुयनले काराबाओ कपको फाइनल खेल गुमाउने सम्भावना बढेको छ । आगामी आइतबार सिटीले काराबाओ कपको उपाधिका लागि टोटनह्याम हटस्परसँग खेल्दै छ ।

त्यसपछि सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग प्रतिस्पर्धा गर्नेछ । २८ अप्रिलमा हुने उक्त पहिलो लेगको खेल पनि डी ब्रुयनले गुमाउनसक्ने सम्भावना छ । ब्रुयनविना नै सिटीले ठूला खेल खेल्नुपर्ने भएका कारण उसलाई समस्या परेको छ ।

सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले चेल्सीसँगको खेलपछि डी ब्रुयनले चोट बोकेको पुष्टि गर्दै सोमबार उनको परीक्षण हुने जानकारी दिए ।

jackson ribon