birat ribon

‘धमाका’को डिजिटल राइट्स एक सय ३५ करोडमा बिक्री

Neuro
‘धमाका’को डिजिटल राइट्स एक सय ३५ करोडमा बिक्री

विराटनगर / कार्तिक आर्यन अभिनित बलिउड फिल्म ‘धमाका’को डिजिटल राइट्स बिक्री भएको छ । कोरोना महामारीबीच सिनेमा हलमा प्रदर्शन गर्न सम्भव नदेखिएपछि निर्माण टिमले फिल्मलाई ओटिटीमा रिलिज गर्ने निर्णय लिएका हुन् ।

फिल्मको डिजिटल (ओटिटी) राइट्स भारु एक सय ३५ करोडमा बिक्री भएको छ । मिडिया रिपोर्टका अनुसार ओटिटी प्लेटफर्म नेटफ्लिक्सले फिल्म ‘धमाका’को डिजिटल राइट्स खरिद गरेको हो । यसअघि बलिउड अभिनेता अक्षय कुमारको अभिनित फिल्म ‘लक्ष्मी’ को डिजिटल राइट्स एक सय १० करोडमा बिक्री भएको थियो ।

cura insider

‘धमाका’ साउथ कोरियन फिल्म ‘द टेरर लाइफ’को बलिउड रिमेक हो । फिल्मलाई राम माधवनीले निर्देशन गरेका हुन् ।

jackson ribon