birat ribon

एमसिसीको विरोधमा प्रदर्शन

Neuro
एमसिसीको विरोधमा प्रदर्शन

काठमाडौँ / विभिन्न २२ राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् ।

एमसिसीसम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विभिन्न २२ वटा राजनीतिक दलले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसिसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए ।

cura insider

यस्तै प्रदर्शनकारीले ‘राष्ट्रघाती एमसिसी सम्झौता खारेज गरौँ, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’, ‘एमसिसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’, ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत लेखिएका पम्प्लेट पनि बोकेका थिए ।

jackson ribon