birat ribon

आज एक हजार दुई सयभन्दा बढीमा कोरोना सङ्क्रमण

Neuro
आज एक हजार दुई सयभन्दा बढीमा कोरोना सङ्क्रमण

विराटनगर / नेपालमा सोमबार एक हजार दुई सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार पाँच सय ४८ परीक्षण गर्दा एक हजार दुई सय ८१ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार एक पिसिआर परीक्षण र पाँच सय ४७ जनाको एन्टिजेन परीक्षण भएको छ । पिसिआर परीक्षण गराएकामध्ये एक हजार दुई सय ५५ जना र एन्टिजेन परीक्षण गराएकामध्ये ५४ जनामा कोरोना पुष्टि भएको हो ।

cura insider

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार नौ सय पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार दुई सय ५४ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज दुई सय ५५ सङ्क्रमित निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार पाँच सय ५५ पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा आठ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ९१ पुगेको छ ।

jackson ribon