birat ribon

विराटनगरका निर्माण व्यवसायी पौडेल सम्मानित

Neuro
विराटनगरका निर्माण व्यवसायी पौडेल सम्मानित

काठमाडौँ / पाटन माध्यमिक विद्यालयको नयाँ भवनको काम समयमा सम्पन्न गरेको भन्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरण केन्द्रीय कार्यान्वयन इकाईले विराटनगरका निर्माण व्यवसायी दीपक पौडेललाई सम्मान गरेको छ ।

सोमबार विद्यालय परिसरमा आयोजित उद्घाटन समारोहमा खुस्बु निर्माण सेवा विराटनगरका प्रबन्ध निर्देशक पौडेललाई सम्मान गरिएको हो । प्रधानमन्त्री खड्गप्रसाद ओलीले पौडेललाई सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।

cura insider

जापान सरकारको ऋण सहयोगमा निर्माण गरिएको सो अत्याधुनिक सुविधासम्पन्न चारतले विद्यालय भवनमा २७ कोठा रहेका छन् । भवनको लागत १६ करोड दुई लाख रुपैयाँ रहेको छ ।

कार्यक्रममा भवन निर्माणको काममा निकै मिहिनेत गरेर छोटो अवधिमा जिम्मेबारी सम्पन्न गरेको भन्दै प्रभानमन्त्री ओलीले निर्माण कम्पनीको प्रशंसासमेत गरेका थिए ।

jackson ribon