birat ribon

सिनेमा हल एक महिना बन्द हुने

Neuro
सिनेमा हल एक महिना बन्द हुने

विराटनगर / नेपाल सरकारले एक महिनाका लागि सिनेमा हलहरू बन्द गर्ने निर्णय गरेको छ । बढ्दो कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वैशाख मसान्तसम्म सिनेमा हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

गतवर्षको पुस २६ गतेदेखि सिनेमा हल सञ्चालनमा आए पनि कुनै पनि ठूला ब्यानरका फिल्म प्रदर्शन भएनन् । २०७७ सालमा जम्मा चारवटा नेपाली फिल्म रिलिज भए । तर सिनेमा हलमा दर्शकको उपस्थिति न्यून थियो ।

cura insider

कोरोना महामारीको दोस्रो लहर सुरु भएका कारण सरकारले भिडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय, सिनेमा हल, रात्रीकालीन व्यवसायलगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

jackson ribon