birat ribon

माधव नेपाललाई कडा कारबाही हुन्छ, प्रचण्ड दुईमुखे : प्रधानमन्त्री ओली

Neuro
माधव नेपाललाई कडा कारबाही हुन्छ, प्रचण्ड दुईमुखे : प्रधानमन्त्री ओली

काठमाडौँ/ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेकपा माधवकुमार नेपाललगायत नेता अर्काको पतिका लागि सती गइरहेको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा उनले नेता नेपाल अर्क‍ाको पतिका लागि सती गइरहेको बताएका हुन् ।

cura insider

‘सती प्रथा अन्त्य भइसक्यो । त्यो प्रथा रहँदा पनि अबला नारीहरुलाई आफ्नो पतिका नाममा सती पठाइन्थ्यो। तर, आज माधव नेपालहरु अर्काको पतिका लागि सती गइरहेका छन् । आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरुलाई फाँसी चढाउँदै छन्। यो उनको ऐतिहासिक अपराध हो’, उनले बैठकमा भने ।

बैठकमा बाेल्दै ओलीले पार्टी आचरणविरपरीत जाने नेपाल समूहलाई कडा कारबाही गर्ने बताए । ‘माधव नेपालले गैरसंसदीय र अराजक गतिविधि गरेका छन्, क्षमा गर्न सकिँदैन, कडा कारबाही हुन्छ’, उनले भने ।

माधव नेपाल समूहले पार्टी नै प्रचण्डकाे पाउमा चढाउन खाेजेकाे आराेप लगाए । ‘प्रचण्डको पाउमा पार्टी चढाउने, गैरकम्युनिस्टको नेतृत्वमा सरकार बना‍औँ, हामी फ्लोर क्रस गर्छाैं भन्दै घरदैलो गर्न थालेका छन्’, उनले भने ।

बैठकमा ओलीले नेपालसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे पनि आलाेचना गरे । । उनले प्रचण्ड दुई मुखे प्रवृत्तिको भएको पनि बताए । रअ एजेन्ट सामन्त गोयलसँग सहमति गरेको भन्दै प्रचण्डले नै कुप्रचार गरेको उनकाे आराेप थियाे

‘एक मुखले देशभक्तिको कुरा गर्छन्। अर्को मुखले राष्ट्रघाती काम गर्छन्। एकातिर न्याय र सुशासनको कुरा गर्छन्। अर्कोतिर आपराधिक कर्म र भ्रष्टाचार गर्छन्’, उनले भने ।

jackson ribon