birat ribon

टोटनह्यामद्वारा प्रशिक्षक जोसे मौरिन्हो बर्खास्त

Neuro
टोटनह्यामद्वारा प्रशिक्षक जोसे मौरिन्हो बर्खास्त

विराटनगर / इङ्ग्लिस क्लब टोटनह्याम हटस्परका प्रशिक्षक जोसे मौरिन्हो बर्खास्तीमा परेका छन् । सोमबार टोटनह्यामले १७ महिनामै प्रशिक्षक मौरिन्होलाई बर्खास्त गरेको हो ।

पोर्चुगिज कोच मौरिन्हो १७ महिनाअघि मात्र टोटनह्यामको प्रशिक्षकमा नियुक्त भएका थिए । नोभेम्बर २०१९ मा टोटनह्यामले मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै मौरिन्होलाई प्रशिक्षक बनाएको थियो ।

cura insider

टोनह्यामले छैटौँ स्थानमा रहँदै अघिल्लो सिजनको अन्त्य गरेको थियो । यस सिजन भने स्पर्स सातौँ स्थानमा छ । यस्तै, टोटनह्याम गत मार्चमा युरोपा लिगबाट बाहिरिएको थियो ।

अब, टोटनह्यामले आगामी २५ अप्रिलमा काराबाओ कपको फाइनल खेलमा म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

टोटनह्यामले मौरिन्होका स्टाफहरू जाओ साक्रामेन्टो, नुनो सान्टोस, कार्लोस ललिन र जियोभानी सेरालाई पनि बर्खास्त गरेको छ । क्लबले आधिकारिक विज्ञप्ति जारी गर्दै मौरिन्हो र उनका स्टाफलाई बर्खास्त गरेको जनाएको छ ।

jackson ribon