birat ribon

खाना खाएपछि १० मिनेट हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक

Neuro
खाना खाएपछि १० मिनेट हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर / खाना खाएपछि हिँड्नु (वाक गर्नु) शरीरका लागि फाइदाजनक हुन्छ ।

अनुसन्धानले शरीरको क्षमताअनुसार दैनिक खाना खाएपछि १० देखि ३० मिनेटसम्म हिँड्न सुझाव दिएको छ । हिँड्नाले क्यालरीलाई जलाएर तौल बढ्नबाट रोक्नुका साथै क्यान्सर जस्ता रोगको जोखिमलाई पनि कम गर्छ । खाना खाएपछि हिँड्ने बानीलाई नियमित बनाउन सकिए तौल बढ्ने जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

cura insider

खाना खाएपछि केही समय हिँड्नाले पाचनमा सुधार आउँछ । शरीर सक्रिय हुँदा वा कुनै शारीरिक गतिविधि हुँदा आन्द्रामा खानाको आवागमन पनि छिटो हुन्छ । नतिजाको रूपमा, खाना छिटो र सजिलैसँग पचाउन सकिन्छ । यसबाहेक खाना खाएपछि हिँड्नाले छाती पोल्ने समस्या कम हुने, पेटसम्बन्धी समस्या कम हुने तथा पेप्टिक अल्सर र कोलोरेक्टल क्यान्सरको पनि जोखिम कम हुन्छ ।

खाना खाएपछि नियमित हिँड्ने बानीले रगतमा चिनीको मात्रा नियन्त्रणमा रहने तथा रगतमा चिनीको मात्रा बढ्ने जोखिम पनि कम हुन्छ । सन् २०१६ मा गरिएको अनुसन्धानअनुसार खाना खाएपछि १० मिनेटको पैदल यात्राले रगतमा चिनीको मात्रा घटाउँछ जुन खाना खाएपछि बढ्ने हुन्छ । खाएपछि केही समय हिँड्नाले हृदय रोगको जोखिम कम गर्नसक्ने अनुसन्धानमा प्रमाणित भइसकेको छ ।

शारीरिक गतिविधि हृदयको लागि लाभदायक हुन्छ । अमेरिकी स्वास्थ्य विभागका अनुसार खाना खाएपछि १० मिनेट हिँड्नाले हृदय रोगहरूको जोखिमलाई कम गर्न मद्दत पुर्‍याउँछ । त्यस्तै, नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार खाना खाएपछि १० मिनेट मात्र हिँड्नाले रक्तचाप बढ्ने समस्यालाई कम गर्छ । विज्ञहरूका अनुसार खाना खाएपछि यसरी हिँड्दै गर्दा हिँड्ने गति छिटो हुन नहुने कुरालाई ध्यानमा राख्नुपर्छ ।
खाना खानेबित्तिकै छिटो वा तेज गतिमा हिँड्नाले शरीरमा थप समस्या उत्पन्न गराउन सक्छ ।

jackson ribon