birat ribon

त्रिकोणात्मक सिरिज : कुशलको अर्धशतकमा नेपालको लगातार दोस्रो जित

Neuro
त्रिकोणात्मक सिरिज : कुशलको अर्धशतकमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ / काठमाडौँमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा घरेलु टिम नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार आफ्नो दोस्रो खेल खेलेको नेपालले मलेसियामाथि ९ विकेटको जित निकालेको हो । यसअघि नेपालले नेदरल्याड्सलाई पनि ९ विकेटले नै पराजित गरेको थियो ।

आज कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेपालले १२ दशमलव १ ओभर खेल्दा एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

cura insider

नेपालका लागि कुशल भुर्तेलले अजिवित ६१ अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ३ चाैका र ५ छक्काको सहायतामा ६१ रन बनाएका हुन् । यसैगरी, आशिफ शेखले ४२ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले अजिवित ६ रन जोडे ।

बलिङतर्फ वीरन्दीप सिंहले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ दशमलव ५ ओभरमा अलआउट हुँदै एक सय ९ रन बनायो ।

मलेसियाका सेद आजिजले सर्वाधिक २७ रन बनाए भने शर्विन मुनियान्डीले २० रन जोडे । शकिव शरिफले १५ रन बनाउँदा शार्जुल इद्रुस र अन्वर अरुदिनले समान ८–८ रन बनाए ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्ले समान १/१ विकेट लिए ।

यससँगै नेपालले दोस्रो जित निकाल्यो । यसअघि नेपालले नेदरल्याड्सलाई ९ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको थियो ।

jackson ribon