birat ribon

बिस्तारै चपाएर खानाले शरीरको तौल घट्न सक्ने

Neuro
बिस्तारै चपाएर खानाले शरीरको तौल घट्न सक्ने

विराटनगर / बिस्तारै चपाएर खानाले शरीरको तौल घट्ने हुनसक्छ ।

यसका साथै बिस्तारै खानाले पाचनमा सुधार हुने, राम्ररी पोषकको शोषण हुने र खाना खाएपछि सन्तुष्टि पाइन्छ । छिटोछिटो खाना खाने मानिसको तौल बिस्तारै खाने मानिसको तुलनामा छिटो बढ्ने अध्ययनले देखाएको छ । तथ्याङ्कअनुसार बिस्तारै र राम्ररी चपाएर खाना खाने मानिसको तुलनामा छिटो र नचपाई खाने मानिसमा एक सय १५ प्रतिशत मोटोपनाको समस्या हुनसक्छ ।

cura insider

नियमित छिटो खाने मानिसमा समय बित्दै जाँदा तौल बढ्ने हुन्छ । र, बिस्तारै खानाले धेरै तरिकाबाट तौल घटाउन मद्दत गर्छ । धेरै अध्ययनबाट तौल बढी हुने समस्या भएका व्यक्तिहरू अरूको तुलनामा खाना राम्रोसँग नचपाउने पत्ता लागेको छ । खाना छिटो समाप्त गर्न धेरै खानेकुरा खाने सम्भावना हुन्छ । छिटो खाँदा हाम्रो पेट भरिसकेको हुँदा पनि यसले मस्तिष्कमा सिग्नल पठाउन पर्याप्त समय पाउँदैन ।

जसकारण बिस्तारै खानाले छिटो पेट भरेको महसुस गराई धेरै खानबाट जोगाउँछ । निल्नुअघि खानालाई राम्रोसँग चपाउनाले दैनिक धेरै क्यालरीको सेवनलाई घटाई तौल कम गर्न मद्दत गर्छ । अध्ययनको तथ्याङ्क हेर्दा एक मानिसले पहिलेको तुलनामा भन्दा १.५ गुणा बढी खाना चपाउँदा औसत क्यालरी सेवन ९.५ प्रतिशतले घट्यो ।

त्यस्तै, मानिसहरूले सामान्यभन्दा दुई गुणा बढी खानालाई चपाउँदा लगभग १५ प्रतिशतले क्यालरी सेवनको मात्रा घटेको पाइयो । एक अध्ययनका अनुसार हरेक पटक खाएको खानालाई ३० सेकेन्डको चपाउनाले अस्वस्थ्यकर खाना खाने सम्भावना कम गर्न सक्छ । तर, निल्नुअघि खानालाई १० देखि १५ सेकेन्डको लागि चपाउनु पर्छ । र, पूरा खाना समाप्त गर्न केवल २० मिनेट जति लिन सकिन्छ ।

jackson ribon